फागु पूर्णिमाको अवसरमा मन्त्री गाहाको शुभकामना
पाेखरा | फागुन २२, २०७९
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले रंगै रंगहरुका पर्व फागु पूर्णिमा (होली) तथा थकाली समुदायको तोरन्ल पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्री गाहामगरले शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, ‘ नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विशेषताहरुले सुसज्जित सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरुसँग आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा छन् । जसले एक अर्का समुदायबीच आपसी सद्भाव बढाउदै आएको छ ।’
उहाँले एक समुदायले अर्काे समुदायको पहिचान र अस्तित्व स्वीकार्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, ‘असत्यमाथि सत्य र खराबमाथि असल विजय तथा रंगै रंगको पर्वका रुपमा मनाइने यस फागु पूर्णिमा (होली, फागुन २२, २३) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥याओस् भन्ने कामनासहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

